Posts

Showing posts from November, 2017

मतदान केन्द्रमा बम राख्दा राख्दै सिसि टिभी क्यामेले कैद गरेकाे दृष्य

Image
मतदानस्थल निर्माण गर्दागर्दै ताप्लेजुङ सदरमुकाम स्थित श्री भानु जन माध्यमिक बिद्यालय प्राङगणमा बिस्फाेट हुनु अघि सिसि टिभीले शुक्रबार राती १२ बजे कैद गरेकाे दृस्य , स्कुलकाे प्राङगणमा शनिबार ११ ५० मा बम बिस्फाेट भएकाे थियाे ।

प्रकाश दाहालको निधन

मंसिर ३, २०७४-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ । उनको आइतबार बिहान हृदयघातपछि नर्भिक अस्पताल थापाथली ल्याउँदा ल्याउँदै निधन भएको अस्पतालको उच्चस्रोतले जनाएको छ । तर, अस्पतालले भने औपचारिक जानकारीका लागि केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ छोराको निधन भएपछि चुनावी अभियानमा झापा विर्तामोड पुगेका दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्कंदै छन् । दाहाल झापाको बी एन्ड सी अस्पतालको सातौं तल्लामा रहेको  हेलिप्याडबाट छोरी, ज्वाइँसहित काठमाडौं  प्रस्थान गरिसकेका छन् । छोराको निधन भएको खबरपछि दाहाल आइतबार मोरङको विराटचोकमा  हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छाडेर काठमाडौं फर्केकाहुन् । प्रकाश पूर्वप्रधानमन्त्री समेत रहेका दाहालका एकमात्र छोरा हुन् । उनी दाहाल प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा नियुक्त भएका थिए ।